नेपालगन्ज : बिश्वभर ख्यातीप्राप्त अध्यात्म चिन्तक श्री श्री रविशंकरले शुरु गरेको ‘तनाब रहित मन , रोगमुक्त शरिर, अपराधमुक्त समाज र सबैको अनुहारमा खुसी’ भन्ने सोंचलाई व्यवहारमा उतार्न आज सोमबार नेपालगन्ज लगायत देशभर २७ ठाउँमा ह्याप्पिनेस कार्यक्रम सन्चालन गरिदैछ । फागुन २७ देखी चैत २ गतेसम्म उक्त कार्यक्रम सन्चालन हुने आर्ट अफ लिभिंगका प्रशिक्षक काब्या लम्सालले जानकारी दिए ।
नेपालगन्जको सिद्धार्थ कटेजमा बिहान ६बजेदेखि कार्यक्रम शुरु हुँदैछ । ह्याप्पिनेसलाई लक्षित गरेर देशभर विभिन्न माध्यम द्दारा प्रचारप्रसार गरि जीवन जीउने कला सिक्न प्रेरित गरिएको लम्सालले बताए ।
के हो प्यान ह्याप्पिनेस प्रोग्राम ?
शुरुवातमा ‘ ह्याप्पिनेस प्रोग्राम के हो ?’ त्यो बुझौं | ह्याप्पिनेस प्रोग्राम आर्ट अफ लिभिंगद्वारा संचालन हुने धेरै प्रोग्रामहरू मध्येको एउटा शुन्दर प्रोग्राम हो | यो प्रोग्राम आर्ट अफ लिभिंग प्रवेश गर्ने पहिलो खुड्किलो पनि हो | हास्दै , खेल्दै, नचाउँदै साधकमा योगा , ध्यान र प्राणायामका माध्यम द्दारा प्राकृतिक खुसी, आनन्द र शान्तिको अनुभूति गराई जीवनलाई सहज तरिकाले जिउन प्रेरित गर्नुनै यो कोर्षको प्रमुख उदेश्य हो | छ दिनसम्म दिनको तीन-तीन घण्टाको दरले विभिन्न अभ्यास गराइने यो कोर्षमा गहन विषयलाई मनोरन्जनात्मक ढंगबाट पस्किएर साधलाई व्यावहारमा बुझाइन्छ | त्यतिमात्र हैन साधकलाई सकारात्मक हुन सिकाइन्छ , अरुमा दोषारोपण गर्ने बानिलाई निरुत्साहित पारिन्छ , कन्सन्ट्रेसन विधि , रिलेसनसिप समस्या, डिप्रेसनबाट मुक्त हुने लगायतका धेरै विधिहरु यो कोर्षमा समेटिएको छ |
प्यान ह्याप्पिनेस
पूज्य श्री श्री रविशंकर ज्यूको तनाब रहित मन , रोगमुक्त शरिर, अपराधमुक्त समाज र सबैको अनुहारमा खुसी भन्ने भिजनलाई व्यावहारमा उतार्न नेपालमा फागुन २७ देखी चैत २ गतेसम्म देशभरका २४ ठाउँहरुमा एकैसमयमा संचालन हुनलागेको ह्याप्पिनेस प्रोग्राम नै प्यान ह्याप्पिनेस हो | देशका सबै आर्ट अफ लिभिंग सेन्टरहरुमा यो प्रोग्राम नियमित संचालन हुने भएपनि प्यान ह्याप्पिनेसलाइ एउटा अभियानको रुपमा लिइएको आर्ट अफ लिभिंग नेपालकि टिचर कोडिनेटर पुनम उप्रेतीले बताउनुभयो | एकैपटक संचालन गर्दा समाजको ठुलो हिस्सालाई प्रभाव पार्न सकिने हुँदा पनि प्यान ह्याप्पिनेस संचालन गरिएको हुनसक्ने आर्ट अफ लिभिंगका अनुयायी रजत दाहाल बताउनुहुन्छ |
प्यान ह्याप्पिनेसलाई लक्षित गरेर देशभर विभिन्न माध्यमद्दारा प्रचार प्रसार गरि जीवन जीउने कला सिक्न प्रेरित गरिएको पनि जानकारी जील्लाहरुबाट प्राप्त भएको छ | देशभरका विभिन्न स्थानहरुमा हुन लागेका प्यान ह्याप्पिनेस प्रोग्रामको सुची सम्पर्क ठेगाना सहित तल राखिएको छ |
के हो आर्ट अफ लिभिंग ? को हुनुहुन्छ श्री श्री रविशंकर ?
तनाब रहित मन , रोगमुक्त शरिर, अपराधमुक्त समाज र सबैको अनुहारमा खुसी होस् भन्ने उदेश्य राखेर श्री श्री रविशंकर ज्यूले स्थापना गर्नुभएको आध्यात्मिक सस्था हो आर्ट अफ लिभिंग | अन्तराष्ट्रिय गैरनाफामूलक मानवतावादी आध्यात्मिक यो संस्था संसारका १५५ बढी देशहरूमा फैलिएको छ | भोलिन्टियर बेसमा आधारित यो सस्था संसारकै ठूलो मध्येको एक आइएनजिओ हो | आर्ट अफ लिभिंगको अन्तर्राष्ट्रिय मुख्यालय वा आश्रम भारत बैंगलोरमा छ | श्री श्री रविशंकर ज्यू यस संस्थाका सस्थापक हुनुहुन्छ | वहाँलाई धेरै विद्वानहरूले बुद्धत्व प्राप्त महापुरुष पनि मान्छन् | वहाँले सृजित गर्नुभएको सुदर्शन क्रिया आर्ट अफ लिभिंगको मेरुदण्ड मानिन्छ | सुदर्शन क्रिया स्वासप्रश्वासमा आधारित एक योग हो; जुन आर्ट अफ लिभिंगका विभिन्न कोर्षहरूमा सिकाइन्छ | यो क्रियाले १०० भन्दा बढी शारीरिक तथा मानसिक समस्याको निवारण गर्छ भनि अन्तराष्ट्रिय स्वास्थ्य संगठनले प्रमाणित पनि गरेको छ | आर्ट अफ लिभिंगले आध्यात्मिक ज्ञान मात्र नबाढेर, शिक्षा , स्वास्थ्य र विभिन्न विकासनिर्माण सहयोग पनि गर्छ साथै आपत विपतमा संसारका सबै राष्ट्रहरुमा आपतकालिन सहयोग पनि गर्नेगरेको छ |