नेपालगन्ज : नेपाल बङ्ग्लादेश बैंकले बाँकेको कोहलपुर सहित देशभर ४ नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले टिमुरे, महेन्द्रनगर, टिकापुर र कोहलपुरमा शाखा संचालनमा ल्याएको हो।
शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैैकका देसभरि ८५ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा र ६६ एटिएम छन्।