चोरी,पैठारी गरी ल्याईएको ८० गोटा खसी,बोका सहित तीन जना पक्राउ


नेपालगन्ज : वडा प्रहरी कार्यालय नेपालगन्जले भारतबाट अवैधरुपमा नेपालगन्ज भित्राईएको ९० गोटा खसी,बोका सहित तीन जनालाई बुधवार नियन्त्रणमा लिएको छ । वडा नम्बर १३ रामबागबाट झण्डै १२ लाख मूल्य बराबरका खसी, बोका सहित नेपालगन्ज १६ बस्ने फहिम कुरेसी,जाकिर कुरेसी,रहिस कुरेसीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार चोरीपैठारी गरेको सूचनाका आधारमा खसी,बोका निन्यत्रणमा लिनुका साथै तीन जनालाई पक्राउ गरिएको हो । प्रहरीले आवश्यक कारवाहीका लागि खसी,बोका नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।


प्रकाशित मितिः     २९ फाल्गुन २०७५, बुधबार २०:३४  |
error: Content is protected !!