जनता आवास कार्यक्रम अन्र्तगत बाँकेमा २ सय २९ घर बन्दै, समन्वय समिति गठन


बाँके : अति बिपन्नका लागि जनता आवास कार्यक्रम अन्र्तगत बाँकेमा दुई सय २९ वटा घर निर्माण गरिने भएको छ । चालु आर्थिक वर्षभित्र छनौटमा परेका आवासहरु निर्माण गर्ने तयारी भइरहेको जिल्ला समन्वय समिति बाँकेका निमित्त समन्वय अधिकारी मिनबहादुर मल्लले जानकारी दिए ।
जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन शुक्रबार बाँकेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाषद लगायतका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति संयोजक, प्रमुख जिल्ला अधिकारीबीच बृहद छलफल भएको छ । छलफलबाट छ वटा प्रदेशसभा निर्वाचनक्षेत्रमा सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभाषदको संयोजकत्वमा जनता आवास समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाषद, प्रमुख जिल्ला अधिकारी ( सबैक्षेत्रमा), जिल्ला समन्वय समितिका संयोजक ( सबैक्षेत्रमा) सदस्य रहने छन् । सदस्य सचिवका रुपमा जनता आवास कार्यक्रमका प्रमुख रहने व्यवस्था छ ।
जनता आवास कार्यक्रम यसअघि केन्द्र सरकार मातहत सन्चालन हुने गरेको थियो । अहिले भने प्रदेश सरकार अन्र्तगत सन्चालन हुन लागेको छ । त्यस अन्र्तगत बाँकेमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ३८ वटा आवास निर्माण हुने छ । प्रदेशसभा निर्वाचन क्षेत्र ३ ख मा भने थप एकवटा आवास निर्माण गरिन लागिएको छ । उक्त आवासका लागि यसअघि तथ्यांक संकलन गरिएको थियो । सोही तथ्यांकका आधारमा लक्षित बर्ग छनौट गरिएको छ । लागत ईस्टमेट भइसकेपछि चाँडै घर निर्माण शुरु हुने निमित्त जिल्ला समन्वय अधिकारी मल्लले जानकारी दिए ।


प्रकाशित मितिः     २ चैत्र २०७५, शनिबार ११:४४  |
error: Content is protected !!