युरोपको लोकप्रिय फोटोकपी पेपर नेपाली बजारमा


नेपालगन्ज : युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री शुरु गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित  कार्यक्रममा सप्लायर कम्पनी ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले फोटोकपी पेपरका ब्राण्डहरु सार्वजनिक गरेकाे छ ।

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दाबी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर भारतकाे गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्र्याएको हो । रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने ग्रिन एन्ड क्लिन कम्पनीका अध्यक्ष सकिल अहमद खानले बताए । यो अध्यक्ष खान सहितका नेपालगन्जका युवाहरु मिलेर बनाएको कम्पनी हो ।


प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने यो फोटोकपी पेपर दराज अनलाइन मार्फत पनि ग्राहक समक्ष पुर्याइने सप्लायर कम्पनीकाे भनाई छ ।

प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार १६:०५  |
error: Content is protected !!