‘अख्तियारमा उजुरी परेको भन्दै पत्रकार महासंघको नाम जोडेर प्रकाशित समाचार सत्यता छैन’


नेपालगन्ज :  नेपाल पत्रकार महासंघ बाँकेले संस्थाको गरिमामा आँच पु¥याउने गरी केही सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको भन्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ । कार्यक्रम बिषेशसंग जोडेर महासंघको गरिमामा आँच पुर्याउने उदेश्यले समाचार प्रकाशन गरिएको महासंघको निष्कर्ष छ ।
‘कुनै कार्यक्रम गर्दा महासंघको पाटो समन्वय गर्ने मात्रै हो । आर्थिक पाटो सम्बन्धित कार्यालयको  हो । गैर सरकारी संस्थाविरुद्वको उजुरी अख्तियारको अधिकार क्षेत्रभित्र पर्दैन । त्यसैले अख्तियारमा उजुरी परेको भनेर पत्रकार महासंघको नाम जोडेर पत्रकार महासंघको गरिमामा आँच पु¥याउने खालका समाचार लेखिनु पूर्वाग्रही, कपोकल्पित र भ्रम छर्ने उद्देश्यबाहेक केही होइन ।‘–महासंघका बाँके सचिव तिलक गाउँलेद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा ‘उपमहानगर र पत्रकार महासंघविरुद्ध अख्तियारमा उजुरी’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको उल्लेख छ । पत्रकार आचारसंहिता २०७३ को दफा ४ को उपदफा ६ मा ‘पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्य–तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्दछ,’ भनेर उल्लेख गरिएको छ । कसैविरुद्व गम्भीर आरोप लगाई रहँदा सम्बन्धित पक्षको भनाई समाचारमा अनिवार्य राख्नु पर्छ । त्यसैले कुनै पूर्वाग्रह नराखी सत्यतथ्य र सन्तुलित भई समाचार प्रकाशन गरिदिन अनुरोध समेत गरिएको  छ ।


प्रकाशित मितिः     ५ चैत्र २०७५, मंगलवार १६:०३  |
error: Content is protected !!