‘बर्षौदेखि पत्रकारितामा छु । महासंघको गरिमा जोगाउने हेक्का छ,भ्रम सिर्जना नगरौं’


नेपालगन्ज ६ चैत :  नेपाल पत्रकार महासंघ बाँके शाखाले किर्ते हस्ताक्षर गरी नेपालगन्ज उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको प्रमाण सार्वजनिक गरेको छ । महासंघ बाँके शाखाले बुधबार नेपालगन्जको बिपीचोकमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको बिभिन्न प्रमाणहरुले पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, बर्तमान बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल लगायतको नाममा किर्ते हस्ताक्षर गरी उपमहानगरपालिकाबाट कुनै पनि रकम नलिएको स्पष्ट हुन्छ ।
किर्ते हस्ताक्षरका बिषयलाई लिएर योजनाबद्ध रुपमा समाचार प्रकाशित गर्दै महासंघलाई बद्नाम गराउन खोजेपछि पहिलो पटक महासंघले सडकमै पत्रकार सम्मेलनको आयोजना गरी बास्तविकता सार्वजनिक गरेको हो । ‘नेपाल पत्रकार महासंघ बिशुद्ध पत्रकारको मात्र नभई समग्र समाजको अगुवा संस्था हो । महासंघका बिरुद्धमा गरिएका अर्नगल प्रचारबाजी र भ्रम तोड्न पहिलो पटक सडकबाटै बास्तविकता सार्वजनिक गरेको छु’ अध्यक्ष थारुले भने,–‘अब कुनै पनि हाम्रा सदस्य र समाजका अगुवाले महासंघका बिरुद्ध छरिएका भ्रमलाई होइन प्रमाणलाई बिश्वास गर्नुहुनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकासंग महासंघले कुनै पनि कार्यक्रमका लागि सम्झौता नगरेको अध्यक्ष थारुले बताए । महासंघले उपमहानगरपालिकाका प्रेस सल्लाहकारसंग मिडिया दिगो विकास कार्यक्रमका लागि रु १ लाख, युवाहरुलाई आधारभुत विकास पत्रकारिता तालिमका लागि रु १ लाख १० हजार ५ सय, सन्चारगृह तथा प्रकाशनको अवस्थाका लागि रु ७१ हजार, सन्चारमाध्यम अनुगमनका लागि रु ५० हजार, वडा अध्यक्षहरुलाई सन्चार अभिमुखिकरणका लागि रु ६० हजार गरी जम्मा ३ लाख ९१ हजार ५ सयको सहकार्य गरेको थियो । तर, महासंघले प्रेस सल्लाहकार मार्फत् कार्यक्रम गरेबापत् ३ लाख ३५ हजार मात्र लिएको छ । ‘हामीले जति कार्यक्रम गरेका थियौं । त्यसको मात्र खर्च गरेका थियौं । ती सबै कार्यक्रमको विवरण र बिल भरपाई सम्झौता गरेकै पक्षबाटै फछ्यौट भएका कारणले महासंघको कुनै संलग्ना छैन,’–थारुले भने, ‘हामीले नत कसैको किर्ते हस्ताक्षर गरेका छौ नत फर्जी काम नैं । बिल भरपाइ फछ्यौट गर्ने जिम्मेवारी सम्झौता गर्ने पक्षकै हो ।’ महासंघका अध्यक्ष थारुले कस्ले, कस्को किर्ते गरेर उपमहानगरपालिकाबाट रकम निकासा ग¥यो भन्ने यथार्थ बुझ्न पनि सार्वजनिक रुपमै अपील गरेका छन् ।
‘महासंघले उपमहानगरपालिकासँग कुनै पनि सम्झौता नगरे पनि महासंघलाई विवादित बनाउनु दुखद कुरा हो,’ उनले भने । वस्तुनिष्ट, सत्य तथ्य र सन्तुलित समाचार प्रकाशित गर्नका लागि उनले आग्रह गरे । साथै उनले नेपाल पत्रकार महासंघको विधान आचारसंहिता, कार्यान्वयन गर्न सुझाव दिए । उनले पत्रकार महासंघको गरिमा घट्ने कुनै काम नभएको बताउँदै आगामी दिनमा पेशागत तथा भौतिक सुरक्षा मात्र होइन सामाजिक आन्दोलनमा पनि सक्रिय हुने बताए ।

प्रकाशित मितिः     ६ चैत्र २०७५, बुधबार २०:०१  |