नेपालगन्जका आनन्द थापाले बडिबिल्डीङ्गमा स्वर्ण जिते


बाँके : नेपालगन्जस्थित हेल्थ बिनिफिटनेशका प्रशिक्षक आनन्द थापाले रुपन्देहीमा आयोजित बडिबिल्डीङ्ग प्रतियोगितामा स्वर्णपदक जितेका छन् । रुपन्देही शारीरिक सुगठन संघले आयोजना गरेको ‘श्री दाउन्ने ओशो पश्चिमान्चल श्री शारीरिक सुगठन’ प्रतियोगितामा नेपालगन्जका थापाले ६५ किलोतौल समूहमा स्वर्ण जितेका हुन ।
स्वर्ण बिजेता थापाले आईतबार नेपालगन्जस्थित हेल्थ बिनिफिटनेशमा सम्मान गरिएको छ । हेल्थ बिनिफिटनेशकी सन्चालक बिनि टण्डन, प्रमुख प्रशिक्षक अमृत राना लगायतका कर्मचारीहरुले थापालाई सम्मान गर्दै हौसला बढाएका थिए ।


प्रकाशित मितिः     १७ चैत्र २०७५, आईतवार २०:०४  |
error: Content is protected !!