नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको औपचारिक समापन


काठमाण्डौं : सन् २०२० को मार्चमा नवौं संस्करण आयोजना गर्ने घोषणा सहित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2019) को आठौं सँस्करण औपचारिक रूपमा आज सकिएको छ । चैत्र १४ गते सम्माननीय प्रधानमन्त्रीज्यूबाट एक विशेष समारोहका बीच समुद्घाटन भई शुरू भएको मेला ५ दिनसम्म चलेको थियो ।

मेलाको १ लाख २५ हजारले अवलोकन गरेका छन् । मेलामा प्रत्यक्ष अप्रत्यक्ष गरी करिव १६ करोडको कारोवार भएको अनुमान छ । मेला समुद्घाटन समारोहलाई प्रधानमन्त्री, माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले समुद्घाटन मन्तव्य दिनु भएको थियो ।

मेला नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार/वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह-आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना गरिएको हो । मेलामा चीनबाट ९०, वंगलादेशबाट ४०, भारतबाट १०, पाकिस्तानबाट २ र नेपालबाट ८३ वटा स्टलहरूबाट नेपाल सहित ती देशका उत्पादनहरू, प्रविधि तथा सेवाहरूको प्रर्दशनी गरिएको थियो ।

प्रकाशित मितिः     १९ चैत्र २०७५, मंगलवार ०६:४४  |