सिंहवाहिनी कला मन्दिरद्धारा कुमाललाई आर्थिक सहयोग


नेपालगन्ज : सिंहवाहिनी कला मन्दिर भुरीगाँउ बर्दियाले करेन्ट लागेर दुवै हात गुमाएका बाँकेका सुरेश कुमाललाई आर्थिक सहयोग उपलब्ध गरेको छ । बाँकेको राप्तीसोनारी गाँउपालिकास्थित कुशुममा रहेको कुमालको घरमा पुगेर कला मन्दिरका अध्यक्ष तारा केसी र कोषध्यक्ष सिमा चन्दले आर्थिक सहयोग पदान गरेका हुन ।

काँचुली मिडिया पा.लि. ले संचालन गर्दै आएको सहयोग अभियानमा एक्यवद्धता जनाउँदै कुमाल दम्पत्तीलाई नगद रु ५१ हजार १ सय उपलब्ध गराएको कला मन्दीरका अध्यक्ष तारा के।सी ले बताए । कुमालको सहयोगार्थ जापानमा रहेका नेपालीद्धवय अरुण क्षेत्री र भगवान भण्डारीले आफुहरुलाई १ लाख (जापानी रकम) उपलब्ध गराएको केसी ले बताए । ‘हामीलाई जापानमा बस्ने साथीहरुले केही रकम उपलब्ध गराउनुभएको थियो, सोही रकममध्येबाट पहिलो चरणमा कुमाल दम्पत्तीलाई रु. ५१ हजार १ सय सहयोग पदान गरेका छौं’ केसी ले भने ।

सिंहवाहिनी कला मन्दिरका कोषाध्यक्ष सिमा चन्दले दुबै हात गुमाएका सुरेश कुमाललाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताईन । ‘सामाजिक क्रियाकलापमा नेतृत्वदायी भुमिका खेल्दै आएको सिंहवाहिनी कला मन्दिरले पहिलो पटक शारिरिक रुपमा असक्त ब्यक्तिलाई सहयोग गर्ने अवसर पाएको छ, यो आफैमा गौरवको कुरा हो’ चन्दले भनिन, ‘आगामी दिनमा समेत सहयोग अभियानलाई निरन्तता दिनेछौं ।’
सहयोग पञप्त भएपछि आफुहरुमा थप हौसला बढेको सुरेश कुमालले पञ्तिक्रिया दिए ।

कुमालले सहयोगीहरुबाट प्राप्त रकमलाई आय आर्जनमा लगाउने बताए । श्रीमान अपाङग भएकै कारण परिवार र समाजबाट अपहेलीत हुनुपरेको कुमालकी श्रीमती यलिना कुमाले बताईन । ‘आफनो परिवारले हामीलाई रामो नजरले हेदैनन, बस्ने–खाने ठाँउको कुनै टुङगो छैन’ कुमालले भनीन, ‘तपाईहरुको सहयोगले केही गर्ने हिम्मत बढेर आएको छ ।’

कुमालको सहयोगार्थ अभियान संचालन गर्दै आएको काँचुली मिडिया पा.लि. ले सिंहवाहिनी कला मन्दिर बर्दियाबाट कुमाल दम्पत्तीलाई आर्थिक सहयोग उपलब्ध गराउन सफल भएको काँचुली मिडिया पालि का अध्यक्ष गजेन्द गुरुङले बताए । यसअघि गुरुङले आफनो जन्मदिनको अवसर पारेर कुमाल दम्पत्तीलाई १० हजार नगद सहयोग पदान गरेका थिए । समाजमा रहेका असक्त, अपाङग तथा दिनदुखीहरुलाई सहयोग गरी मानविय धर्म निर्वाह गर्न गुरुङले बसैलाई आगह समेत गरेका छन ।

यसरी काटिएको थियो हात

बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुशुम निवासी सुरेश कुमाल २०६९ फागुन १२ गते विद्युतिय दुर्घटनामा परेका थिए । कामको सिलसिलामा लमजुङ पुगेका कुमालले स्काभेटरको सहचालकका रुपमा काम गर्न थाले। २०६९ फागुन १२ गते स्काभेटरको ग्रिस बदल्ने क्रममा विद्युतको नाङ्गो तारमा अल्झीएका कुमालले आफ्ना दुबै हात गुमाउनुपर्यो ।
दुर्घटनापछि अचेत अवस्थामा ३ महिनासम्म कुमालको किर्तिपुर अस्पताल काठमाण्डौंमा उपचार भयो । चार महिनापछि होस खुल्दा उनका दुबै हात काटिएका थिए । आर्थिक अवस्था कमजोर भएका कुमालको आर्थिक अभावका कारण थप उपचार सम्भव भएन । दुबै हात गुमाएर गृहजिल्ला फर्किका कुमाललाई घरपरिवारले बोझका रुपमा हेर्न थाले । खानेपिउने देखि शौचालयसम्मका दैनिक गतिविधिकालागि अरुकै भर पर्नुपर्ने कुमाल तब झनै एक्लो भए जब उनकी श्रीमतीले छाडेर गईन । घरपरिवारबाट समेत अपहेलना खेप्दै आएका कुमालले गाँउकै अलिना कुमालसँग दोस्रो बिहे गरेपछि भने केही आशा पलाएको बताए ।
‘दुर्घटनामा मेरो दुबै हात काटिएपछि मेरी श्रीमतीले छोडेर गईन, घरपरिवारले समेत वेवास्ता गर्न थाल्यो’ कुमालले भने ‘सबैको अपहेलना खेप्दै आएको मलाई अलिनाले साथ दिईन र म अहिलेको अवस्थामा आईपुगेको छ ।’ अलिना कुमालकी दोस्रो श्रीमती हुन । फेसबुकबाटै मायाँ९प्रेममा बाँधिएका कुमाल दम्पतीले दुई वर्षअघि बिहे गरेका हुन । बिहेपछि अलिनाले नै कुमालको सम्पूर्ण हेरचाह गर्दै आएकी छन ।
खुट्टाले लेखेर एसएलसी पास

आर्थिक जोहोकालागी लमजुङ पुगेका कुमालले दुबै हात काटिएपछि जिवनको आशा नै मारिसकेका थिए । खाना खान, लुगा लगाउन देखि शौचालय जानसम्म अरुकै भर पर्नुपर्ने कुमाल परनिर्भर हुन चाहेनन् । उनले खुट्टाले खाना खाने, ब्रस गर्ने, लेख्ने प्रयास गरीरहे । धेरै समयमको प्रयासपछि कुमाल सबै काम खुट्टाकै भरमा गर्न सक्ने भए । जसले गर्दा आफुमा आत्मबल बढेको कुमाल बताउँछन ।
कुमालले खुट्टाले लेखेरै एसएलसी समेत पास गरेका छन । उच्च शिक्षा हासिल गर्ने मनशासयका साथ अगाडी बढिरहेका कुमाल आर्थिक अभावका कारण अगाडी बढ्न नसकेको बताउँछन । घरबाट छुट्टिएर बसेका कुमालले राप्तीसोनारी गाँउपालिकाबाट मासिक २ हजार भत्ता पाउँदै आएका छन । तर आर्थिक उपार्जनको अन्य कुनै उपाय नरहेकाले दैनिकी चलाउन समेत हम्मेहम्मे परेको कुमालको दुखेसो छ । राज्यले आर्थिक उपार्जनको केही व्यवस्था मिलाईदिनुपर्ने कुमालले माग गरे ।
मृत्युको मुखबाट फर्किएका कुमाललाई दुबै हात नहुनुको पिडा त छदैछ, दैनिक गुजाराको समस्याले समेत उनलाई पिरोल्ने गरेको छ । श्रीमान अपाङ्ग भएकै कारण घरपरिवारले आफुहरुलार्ई घरबाट निकालिदिएको अलिनाले बताईन । आर्थिक अवस्था कमजोर भएकाले श्रीमानको थप उपचार गर्न नसकीएको गुनासो पोख्दै अलिनाले भनिन, ‘कसैले उपचारमा सहयोग गरिदिए हामी धन्य हुने थियौं ।’

कुमाललाई सहयोग गर्न चाहने ब्यक्तिहरुले ९८६८०२३९०२, ९८४८२२०३७८, ९८६४८५५८०७ वा ९८५८०३६८९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मितिः     १९ चैत्र २०७५, मंगलवार १८:१३  |