२३ औं वार्षिकउत्सव मनाउँदै जिभिएन स्कुल


बाँके : नेपालगन्ज चारवाहिनीरोडमा बाँके गाउँमा रहेको ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले आज शनिबार २३ औं वार्षिकत्सव मनाउँदैछ । भब्य कार्यक्रमको आयोजना गरी बिद्यालयले वार्षिकत्सव मनाउने तयारी गरेको प्रिन्सिपल मानबहादुर थापाले जानकारी दिए ।

सांगीतिक कार्यक्रम, उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार बितरण लगायतको कार्यक्रमको तयारी गरिएको छ । जिभिएन स्कुल पछिल्लो समय उत्कृष्ट बन्न सफल भएको छ । शिक्षाका साथ साथै अतिरिक्त गतिबिधिमा समेत सो बिद्यालयले अब्बल बनेको छ । जिभिएन कलेज समेत रहेको छ ।

प्रकाशित मितिः     २३ चैत्र २०७५, शनिबार ०८:०९  |