नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले शनिबार सर्वपक्षीय छलफलको आयोजना गरी बाँकेमा पत्रकार महासंघको संस्थागत गरिमामा आँच पु¥याउने गरी भइरहेका निरन्तर आक्रमण पेसागत हकहितविरोधी गतिविधिको गम्भीर समीक्षा गरेको छ ।
महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षता तथा पत्रकार महासंघ प्रदेश ५ महासचिव भेषराज बस्नेतको विशेष उपस्थितिमा शाखाका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, पूर्व केन्द्रीय पदाधिकारी, पेसागत संघसंगठनका प्रतिनिधि, अग्रज पत्रकार सहभागी बैठकले पछिल्लो परिस्थितिबारे गम्भीर छलफल गरेको छ ।
छलफलबाट प्राप्त सुझावका आधारमा निकट कार्यसमिति बैठकले पेसागत गरिमा, महासंघको ऐतिहासिक धरातल एवम् पत्रकारहरुको आपसी एकता र सद्भाव बिथोल्ने गतिविधिमा संलग्न जो कसैलाई पनि निरुत्साहित पार्न तथा पत्रकार आचारसंहिता, महासंघको विधानको पूर्ण परिपालनामा प्रतिबद्ध गराउनका लागि आवश्यक निर्णय लिन सक्ने सुझाव कार्यसमितिले पाएको सचिव तिलक गाउँलेद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको गरिमामा आँच पुग्ने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । साथै नेपाल पत्रकार महासंघको विधान र आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरेको छ ।