सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु


नेपालगन्ज,२६ चैत : बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मंगलबार दिउँसो मृत्यू भएको छ । प्मृत्यु हुनेमा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारु छन् ।  उनीहरुको कोहलपुर नगरपालिका ११ पिपल चौतारा नजिकैको घरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा ज्यान गएको हो ।

‘निसास्सिएर ज्यान गएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी रमेश बहादुर सिंहले  भने, ‘असावधानीका कारण भएको दुर्घटना हो ।’ उनीहरुको शब पोष्टमार्टमा लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।

तस्वीर : बिनोद भटराई
प्रकाशित मितिः     २६ चैत्र २०७५, मंगलवार २०:१०  |