दुरसँचार कर्मचारी सँघ र राष्ट्रिय दुरसँचार कर्मचारी सँगठन बिच एकता घोषणा


नेपालगन्ज, २८ चैत : अाज नेपालगँजमा दुरसँचार कर्मचारी सँघ र राष्ट्रिय दुरसँचार कर्मचारी सँगठन बिच एकता घोषणा भएको छ । अाज देशै भरी एकता गर्ने योजना अनुरुप बाँकेमा पनि भएको हो । भेरी कर्णाली र राप्ती क्षेत्र समेटिएको विशेष गरि मध्यपश्चिमान्चल क्षेत्र को एकता घोषणा शभाको प्रमुख अतिथी बाके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले उद्घघाटन गरेका छन । कार्यक्रममा सँगठनको नाम दुरसँचार राष्ट्रिय कर्मचारी सँगठन रहेको घोषणा गरियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी अथकले कर्मचारीहरुले जनपक्षिय काम गर्नुका साथै सँस्थामा काम गर्ने मज्दुरहरुको हक र अधीकारका पक्षमा लड्नुपर्ने धारणा राख्नु भयो । उहाले पेशागत हक र हितको लागी र सँस्थाको सर्वाङ्गिक विकासका लागी सँगठनले नमुनायोग्य कामगरेर सबैको अाश ा र भरोसाको सँगठन वनाउनुपर्नेमा जोड दिनु भयो । कार्यकममा विशेष अतिथीका रुपमा रहनु भएका टेलिकमका क्षेत्रिय प्रबन्धक प्रकाशमान प्रधान र नेकपा बाकेका कार्यदल सदस्य गोपाल गिरी लगायतका बक्ताहरुले शूभकामना दिनु भएकाे थीयो । नयाँ सँगठनको अध्यक्ष द्वय रमेश पाठक र गणेश वहादुर वलीको नेतृत्वमा ४० सदस्यीय क्षेत्रिय समिति गठन गरेको छ भने ९ सदस्यीय सचिवालय निर्माण गरेकोछ । महेश कुर्मी अमरनाथ योगी सावित्रा भट्टराइ र बिष्णु डाँगी लाइ केन्द्रीय प्रतिनिधिका रुपमा छनोट गरिएको छ।

प्रकाशित मितिः     २८ चैत्र २०७५, बिहीबार २१:११  |
error: Content is protected !!