२०७५ सालमा बीमा क्षेत्रमा भएका सुधारका कदमहरु


बीमा समितिले २०७५ सालमा बीमाका विकासका लागि विभिन्न प्रयासहरु ग-यो । समितिले जीवन बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतका लागि विदेश भ्रमण देखि लिएर सम्पत्ती शुद्धिकरण, विदेश जानेहरुको बीमा पुल मार्फत गर्ने व्यवस्था, सवारी साधनको बीमा सम्बन्धमा विभिन्न सुधारका प्रयासहरु गरेको देखिन्छ ।

बीमा समितिले २०७५ सालमा बीमा सम्बन्धी विभिन्न निर्देशिकाहरु परिमार्जन तथा नयाँ निर्देशिका तयार पारेको छ ।

२०७५ साउन २४ गते ‘लघुबीमा सम्बन्धी निर्देशिका, २०७१’ परिमार्जन गरेको थियो । त्यस्तै ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’, ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७५’, ‘सम्पत्ति बीमा निर्देपिशका, २०७५’, ‘बीमकको लगानी निर्देशिका, २०७५’ जारी गरेको छ । यी निर्देशिकाले बीमा व्यवसायलाई थप व्यवस्थित बनाउने जनाएको छ ।

२०७५ असोज १ गते जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुका लागि विदेश भ्रमण गर्दा अनिवार्य बीमा समितिको स्वीकृति लिनुपनेए व्यवस्था ग-यो ।

२०७५ मंसिर १० गते ऋणी ग्राहकहरुको बीमा सम्बन्धमा निर्जीवन बीमा कम्पनीमा शेयर लगानी भएको बैंक तथा वित्तीय संस्थाका ऋणी ग्राहकहरुको सम्पत्तिको बीमा उक्त बीमकले गर्न सक्नृ व्यवस्था ग-यो ।

२०७५ मंसिर २६ गते वैदेशिक रोजगार म्यादी जीवन बीमालेख सम्बन्धी निर्देशन सम्बन्धमा परिपत्र जारी गरी यस्तो बीमालेखलाई व्यवस्थित गर्ने प्रयास बीमा समितिले गरेको थियो ।

२०७५ मंसिर २६ गते मोटर बीमा सम्बन्धमा निर्देशन जारी गरी बीमा व्यवसायलाई थप व्यवस्थित बनाउन विभिन्न व्यवस्था हरु गरेको थियो । यातायात व्यवस्था कार्यालयको वरिपरी एउटा बीमकको एउटा मात्र कार्यलय हुनुपर्ने, कम्प्युटरबाट एकैपटक बीमालेख तथा रसिद निष्काशन गरी अधिकारीक व्यक्तिको हस्ताक्षर हुनुपर्ने, हातले कुनै विवरण भन वा लेख्न वा थप्न नपाइने व्यवस्था गरेको थियो ।

२०७५ पुष ८ गते बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निर्देशन, २०७५ बमोजिम बीमकले पालना गर्नुपर्ने कानीनी प्राबधानहरुका सम्बन्धमा कडाई गरेको छ । यसले बीमकहरुबाट जोखिम मुल्यांकन गर्ने नगरेको, ग्राहक पहिचान विवरण बीमालेख सम्बन्धी फाइलमा समावेश नगरेको, सीमा कारोबार तथा शंकास्पद कारोबार समेतका प्रतिवेदनहरु सम्बन्धित निकायमा पेश नगरेको पाइएकोले सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली तथा निर्देशिका बमोजिम पालना गर्नुपर्ने प्राबधानहरु पालना गरी बीमालेख फाइलहरु अध्यावधिक गर्नुका सार्थ विवरणहरु नियमित तथा समयमै पठाउन परिपत्र गरेको थियो ।

२०७५ पुष १७ गते बीमा कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ मा भएको व्यवस्था अनुसार सञ्चालकको योग्यता स्नातकोपाधी हासिल गरेको र सम्बन्धित संगठित संस्थामा कम्तीमा पदाधिकारी तहमा वा नेपाल सकरकारको कम्तीमा अधिकृत स्तरमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्ने व्यवस्था गरेको थियो ।

२०७५ पुष ३० गते जीवन बीमा कम्पनीहरुलाई वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय बीमकहरुको पुल मार्फत सञ्चालन गर्ने नयाँ व्यवस्था ग¥यो । यस्तो अवस्थामा बीमकहरुको बजार हिस्साका आधारमा पुलमा संलग्न हुनसक्ने व्यवस्था गरेको थियो ।

२०७५ माघ ७ गते जीजन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले समितिबाट बीमालेख स्वीकृति लिई प्रचलनमा लयाए÷नलयाएको सम्बन्धमा बीमा समितिले निर्देशन दिएको थियो । निर्देशन अनुसार बीमकहश्रले समिितबाट बीमालेख स्वीकृति गरेको समतिबाट ६ महिना भित्र प्रचलनमा नलयाएमा वा प्रचलनमा रहेका बीमालेखहरु कुनै कारणवस स्थगित भएमा त्यसमालाई पुनः प्रचलनमा लयाउनु पर्ने भएमा आवश्यक कागजात सहित समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो ।

२०७५ माघ ७ गते जीवन बीमा व्यवसाय गर्ने बीमकहरुबाट प्राप्त कार्यविधि बमोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई तोकेको थियो । पुल सञ्चालनको हिसाव किताव बाँडफाँड पुलको आम्दानी तथा खर्चको हकमा समितिको रोहवरकमा जीजन बीमा कम्पनीहरुले गठन भएको “वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल प्रणालीबाट जारी गर्ने सम्बन्धी कार्यविधि” बमोजिम हुने व्यवस्था गरेको थियो ।

२०७५ फागुन ७ गते बीमा कम्पनीहरुले बजार प्रवद्र्धनका लागि सञ्चालन गर्ने उपाहार कार्यक्रमका लागि बीमा समितिको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

२०७५ फागुन २७ गते निर्जीवन बीमा कम्पनीहरुका लागि खाता सञ्चालन गर्ने सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरुको लागि समेत बीमकको संस्थागत अभिकर्ता भई बीमाशुल्क संकलन गरेबापतको रकम समितिले तोकेको सीमाभित्र रही निब्र्याजी खातामा बढीमा सात दिनसम्म जम्मा गर्न पाइने गरी संशोधन गरेको छ ।

२०७५ सालमा महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनमा आएपछि बीमा समितिबाट स्वीकृत पाएर काम गनै बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । जसमध्ये १९ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र १ वटा रि-इन्स्योरेन्स कम्पनी सञ्चालनमा छन् ।

#बैंकिगं खबरबाट#

प्रकाशित मितिः     ३० चैत्र २०७५, शनिबार ०८:४९  |