जिब्रो छेड्ने परम्परा !


नेपालगन्ज,३०,चैत : आज चैते दसैं तथा रामनवमी पर्व मनाइदै छ । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । यस्तै नेपालगंजमा रहेको प्रसिद्ध बिभिन्न शक्तिपिठ मन्दिरहरु मध्य बागेश्वारी मन्दिरमा पुजा आराधना गर्नेहरु घुईचो लाग्ने गर्छ ।

बागेश्वारी मन्दिरमा भारतबाट हजारौं संख्यामा श्रद्धालु हरु आउने गर्छन । आज नवमीका घरमा घरमा कन्यालाई दुर्गा माता अंश स्वरुप मानी खुटटा ढाकी प्रसाद खुवाउने र दक्षिणा दिई कन्याहरुलाई बिदा गर्ने परम्परा रही आएको छ । आज बिभिन्न जातजातिका मधेशी समुदायहरुले माताको गीत गाउदै मन्दिर जाने , बधावा बजाइने बजा, आखीयाँ चढाउने परम्परा तथा मुखमा जिब्रो छेडने माताको नाममा ९ दिनमा जल खाएर ब्रत बस्ने गर्छन । नेपालगंजमा शाहु समाज समितीले त्रिभुवनचोकमा बिशाल भण्डाराको आयोजना गरेको छ । खास गरी बाँके जिल्लाका गाँउहरुबाट आउने श्रद्धालु र भारतबाट टाँडा -टाँडा बिहानै भोकै मन्दिर आउने गर्छन पुजा सकिएर मात्र खान खाने प्रसाद खाने कारण श्रद्धालुहरुलाई बिशाल भण्डारामा भोजन पानीको ब्यवस्था गरिएको शाहु समाजका कोषाध्यक्ष राम दिन तेलीले जानकारी दिनु भयो । असुर शक्तिमाथि दैवीशत्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैंलाई नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुई पटक, चैत र असोजमा मनाइने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ ।

जिब्रो छेडेको तस्बिर : जगेश्वर थारु ।

प्रकाशित मितिः     ३० चैत्र २०७५, शनिबार १३:२२  |