नेपालगन्जमा बालबालिकाको ध्यान–योग शिविर हुँदै


नेपालगन्ज : द आर्ट अफ लिभिङले पहिलो पटक नेपालगन्जमा बालबालिका केन्द्रित ध्यान योग शिविर सन्चालन गर्ने भएको छ ।  द आर्ट अफ लिभिङ नेपालगन्ज शाखाले ८ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यही वैशाख ४–७ सम्म दुई समूहमा योग ध्यान शिविर आयोजना गर्न लागेको हो । ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई आर्ट एक्सल कार्यक्रम र १४ वर्षदेखि १७ वर्षसम्मका किशोरकिशोरीलाई एस कार्यक्रम सञ्चालन हुनेछ ।
शिविरमा योग र ध्यानका साथै औपचारिक शिक्षा, नैतिक शिक्षा, शिक्षक र अभिभावक शिक्षकसँग गर्ने व्यवहार, घरपरिवारमा नियमित गरिने व्यवहारिक काम र नैतिक आचरणका विषयमा सिकाइने योग गुरु काव्य लम्सालले जानकारी दिए ।
उनी भन्छन्, ‘योग, ध्यान र सुदर्शन क्रियाका माध्यमबाट बालबालिकामा सकारात्मक सोचको विकास हुनुका साथै कुलतबाट लाग्न नदिन र लागेकाहरुलाई छुटकारा दिन मद्दत पुग्छ ।’
एसईई दिएर बसेका विद्यार्थीलाई कस्तो कलेजमा पढ्ने, कुन विषय रोज्नेलगायतका कुरामा आफै निर्णय लिन मद्दत पुग्नेछ । यो कोर्ष गरेका बालबालिकाकोे खानपान आहारविहार र व्यवहारिक ज्ञानका लागि माहोल सिर्जना गर्छ ।

प्रकाशित मितिः     १ बैशाख २०७६, आईतवार १४:४१  |