नेपालगन्ज, १३ बैशाख : लागुऔषध दुव्र्यसनीहरुको पुर्नस्थापना अभियानमा सक्रिय चेन्ज टिमले नेपालगन्जमा निःशुल्क रिहाव सेन्टर सन्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश ५ को आर्थिक सहयोगमा निकट भविष्यमै त्यस्तो रिहाव सेन्टर सन्चालनको तयारी भइरहेको चेन्ज टिमको कार्यक्रम संयोजक इन्द्रा रावलले जानकारी दिइन ।
बाँके र बर्दियामा रहेका लागुऔषधमा फसेकाको पुर्नस्थापनाका लागि निःशुल्करुपमा बस्ने व्यवस्था गर्न लागिएको हो । चेन्ज टिमले अहिले मेथाडोन बिधिको उपचार पद्धती सन्चालन गर्दै आएको छ । प्रभावकारी बन्दै गएको उक्त मेथाडोन बिधिबाट धेरै युवा युवतीहरुलाई लागुऔषधको कुलतबाट उन्मुक्ति दिलाउन सकिएको छ ।