अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।
इतिहास
अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा शिकागोमा भएको हेमार्केट मामलाको स्मृतिमा मनाइने गरिन्छ। उक्त दिन प्रहरीले आठ-घण्टे कार्यदिनको लागि साधारण आन्दोलन गरिरहेका श्रमिकहरूलाई तितरवितर पार्ने कोसिस गरिरहेको बेलामा कुनै अज्ञात व्यक्तिले उनीहरू माथी बम फालिदियो।
नाराहरू
सन् २०१७ – संसारका मजदुर एक हाै
आप्रवासी श्रमिकहरुको अधिकार सुरक्षीत गर।
नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरियो। भारतमा १ मे १९२३ मा भारतिय मजदुर किसान पार्टीले मद्रास (हाल चेन्नई)मा पहिलो पटक मे दिवस मनाएको थियो। यो दिन नै भारतमा रातो झण्डाको प्रयोग भएको पहिलो पटक थियो।