हरिलाल न्यौपाने मदिरा व्यवसायी महासंघको केन्द्रीय सदस्यको उम्मेदवार


नेपालगन्ज, २० बैशाख : २० वर्षदेखि मदिरा व्यवसायमा सक्रिय नेपालगन्जका व्यवसायी हरिलाल न्यौपाने मदिरा व्यवसायी महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । शालिन र मिलनसार स्वभावका न्यौपाने हार्दिक स्टोरका प्रोपराईटर हुन ।
मदिरा व्यवसायी संघ बाँकेको संस्थापक अध्यक्ष समेत रहेका न्यौपानेले व्यवसायीक हितका पक्षमा काम गर्दै आएका छन् । देशभरका व्यवसायीहरुको मतबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा उनी ढुक्क छन् । मदिरा व्यवसायी महासंघको निर्वाचन भोली काठमाण्डौंमा हुँदैछ ।


प्रकाशित मितिः     २० बैशाख २०७६, शुक्रबार १८:०२  |
error: Content is protected !!