नेपालगन्ज उपमहानगरको एकिकृत सम्पत्तिकर / घर-जग्गा कर बारे जानकारी


सेवा प्रकारः- एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
मालपोत तिरेको रसिद
आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

प्रकाशित मितिः     २२ बैशाख २०७६, आईतवार ०७:३५  |