आज कोशेली घरको उद्घाटन हुँदै


नेपालगन्ज, २२ बैशाख ; महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा सन्चालन गर्ने ‘कोशेली घर’को आज उद्घाटन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले कोशेली घरको उद्घाटन गर्ने छन् । ‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्ग्निक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गर्दैछौं ।’ सावित्री बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई बिशेष प्राथमिकता दिइने छ ।’ नेपालगन्ज उपमहागरपालिकाका मेयर डा धवल शमसेर राणाले कोशेली घरको उद्घाटन गर्नुहुनेछ ।जिल्लामा महिलाले उत्पादन गरेका हस्तकला र कृषी सम्बन्धी सामाग्रीले बजार नपाइरहेका बेला सन्चालनमा आउन लागेको कोशेली घर प्रभावकारी संघको कार्यसमिति सदस्य रेवती सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘हरेक महिला दिदी बहिनीहरुले उत्पादन गनुभएको उत्पादन कोशेली घरमा ल्याउन सक्नुहुनेछ ।’ भारतबाट आउने मानसरोवरका तिर्थयात्री लगायतका पर्यटकलाई यहाँको ‘टिपिकल स्थानीय’ सामाग्री खोज्नका लागि अब अन्त धाउन नपर्ने गरी कोशेली घरमा सामाग्रीहरु राखिनेछ । स्थानीय उत्पादन खोज्दै संघका पदाधिकारीहरु गाउँ गाउँ पुगेको सिंहले बताउनुभयो ।कोशेली घरमा महिला उद्यमी संघ आफैले सामान बिक्री गर्ने नभई एक जना कर्मचारी खटाएर त्यसको बिक्री बितरण हुनेछ । त्यस बापत आउने रकम सम्बन्धित धनीले पाउने छन् ।

प्रकाशित मितिः     २४ बैशाख २०७६, मंगलवार ०७:४६  |