सुर्खेत ( गुर्भाकोट)२७ बैशाख : यहाँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गाउँ गाउँमा पुगेर खोलौ खाता अभियानलाई तिव्रता दिएको छ । नेपाल सरकारको खोलौं बैंक खाता अभियान २०७६ मा प्रतिबद्धता जनाउँदै, “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ्ग पहुँच” भन्ने नारालाई आत्मसात गर्दै नव वर्ष २०७६ को प्रवेश संगै ग्राहकवर्गहरुलाई खाता खोल्नमा अभिप्रेरित गरिरहेको छ ।
सोही योजना कार्यान्वयन गर्ने तथा बैंक खाताको महत्व दर्शाउँदै सांग्रिला डेभलपमेन्ट बैंकको सुर्खेत जिल्लाको गुर्भाकोटमा यो अभियान सन्चालन गरिरहेको बोटेचौर शाखाका प्रबन्धक बिशाल महर्जनले जानकारी दिए । बिहिवार सो बैंकले मालारानीमा अभियान सन्चालन गरेको थियो । यस अभियान अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट यो अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्दै जनमानसमा बैंकको उपयोगिता तथा यसको महत्व दर्शाउँदै बैंक खाता खोल्न अभिप्रेरित गर्ने लक्ष्य लिएको छ ।