वाणिज्य बैंकले ल्यायो गाडी किन्नका लागि यस्तो अफर, मासिक कति तिर्नु पर्ला ?


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले हालै आधार ब्याजदर वारेमा नयाँ सूचना प्रकाशित गरेको छ । सका आधारमा आधार दर ५.३८ प्रतिशत छ । यो संचालनमा रहेका वाणिज्य बैंकहरुको ब्याजदर मध्ये सबैभन्दा कम हो ।

वाणिज्य बैंकले गाडी किन्नको लागि आधार दरमा ३ देखि ४ प्रतिशत थपेर ब्याजदर लिन्छ । यसको अर्थ गाडी किन्नको लागि थोरैमा ८.३८ र बढीमा ९.३८ प्रतिशत ब्याजदर लिनेछ । गाडी किन्नको लागि वाणिज्य बैंकले बढीमा ७ वर्षसम्मको लागि ऋण दिन्छ । अहिलेको राष्ट्र बैंकको नियम अनुसार कुन भ्यालुएसनको ५० प्रतिशत मात्र गाडी खरिदको लागि ऋण लिन सकिन्छ । यसका आधारमा गाडी किन्नका लागि यति थोरै ब्याजदरमा ऋण पाउनु राम्रो अवसर हो ।

हुन्डाईले हालै नेपाली बजारमा ल्याएको स्यान्ट्रो म्यान्नालाई एक उदाहरणको रुपमा लिन सकिन्छ । हुन्डाईले यसको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकेको छ । राष्ट्र बैंकको नियम अनुसार १२ लाख ४८ हजार रुपैयाँ मात्र ऋण पाइन्छ । बाँकी १२ लाख ४८ हजार रुपैयाँ भने आफै जुटाउनुपर्छ ।

कसैले १२ लाख ४८ हजार जुटाएपछि सो बराबरको रकम हुन्डाईको म्याग्ना खरिद गर्न सकिन्छ । यसको लागि ७ वर्षसम्म अवधिको लागि ऋण पाइन्छ । वाणिज्य बैंकले आधार दरमा बढी नै दर तोकेर ब्याजदर निर्धारण गर्दा गाडी खरिदको लागि ९.३८ प्रतिशत ब्याजदरमा ऋण पाइन्छ । यसको अर्थ मासिक रुपमा २० हजार २२१ रुपैयाँ इएमआई तिरेपछि हुन्डाईको स्यान्ट्रो खरिद गर्न सकिन्छ । #मेरो अटोडटकमबाट साभार#

प्रकाशित मितिः     ४ जेष्ठ २०७६, शनिबार ०८:१२  |