कालीकोट ७ जेठ : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल कालीकोट र नरहरिनाथ गाउँपालिका विच युवा ससक्तिकरण बुलगारी परियोजनाले नरहरिनाथ गाउँपालिकामा समन्वयत्मक बैठक सम्पन्न भएको छ । शिक्षा र जिवीकोपार्जन क्षेत्रमा गर्ने क्रियाकलापका विषयमा समन्वयात्मक बैठक बसेको हो । नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकको शिक्षा र जिवीकोपार्जनका लागि विशेष छलफल गरेको छ ।
नरहरिनाथ गाउँपालिकाभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा पठाउनका कसरी पहल गर्ने, युवा प्रोफाइन, फ्लोअफ कार्ड छपाई, सर्बोत्तम पिठो उत्पादन उद्योग सिपमुलक तालिम संचालनका विषयमा छफफल गरेको हो । छलफलमा बोल्दै उपाध्यक्ष मनशोभा बुढाले गाउँपालिकाले गैरसरकारी संस्थालाई सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।
उहाँले भिडिसेफ नेपाल कालीकोटले गाउँपालिकामा संचालन गरेका क्रियाकलापहरु प्रभावकारी भइरहेको धारणा राख्नुभयो । नरहरिनाथ गाउँपालिकालाई नमुना गाउँपालिका निमार्णका लागि गैरसरकारी संस्थाको उल्लेख्नीय सहयोग पाइएको धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै बैठकमा बुलगारी परियोजनाका कार्यक्रम संयोजक भुपालसिंह बोहोराले बालबालिकालाई विद्यालयमा नियमित गराउनका लागि फ्लोअफ काडको प्रभावकारीता राम्रो भएकाले गाउँपालिकाले बजेटको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
उहाँले सिपमुलक तालिम गाउँपालिका र संस्थाको सहजिकरणमा संचालन भइरहेकाले यसलाई अनुगमन गरिदिनपर्ने धारणा राख्नुभयो । उहाँले अहिले सिपमुलक तालिम पश्चात ८० प्रतिशत बेरोजगार युवाहरुले काम गरिरहेकाले उनीहरुलाई हौसला प्रदान गर्नका लागि अनुगमन गरिदिन आवश्यक रहेको बताउनुभयो ।
बैठकले असारसम्मका लागि गाउँपालिका र भिडिसेफको संयुक्त सहयोगमा १८ हजारका फ्लोअफ काड छपाई गर्ने, असार पछि गाउँपालिकाले सम्पूर्ण विद्यालयका लागि फलोअफ काडका लागि रकम विनियोजन गर्ने, सिपमुलक तालिम लिइरहेका युवाका लागि सम्झौता बमोजिमको को रकम जेठ महिनाभित्र भुक्तानी गर्ने, बालबालिकाको क्षेत्रमा वडाले छुट्याएको रकम बालबालिकाको सिकाईका लागि उपाचारात्मक कक्षा संचालन गर्ने निर्णय गरिएको छ ।