बाँके ८ जेठ : न कुनै पार्टी न कुनै संस्था । एक्लो मान्छे । तर सोंच भने देश परिवर्तन गर्ने छ । हो, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ बस्ने युवा सुरजराज मल्ल एक्लै देश परिवर्तन गर्न भन्दै शहरदेखि गाउँसम्म अभियान चलाइरहेका छन् ।
जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज बद्ल्न के गर्नुपर्छ भनेर कुरा गर्छन । त्यहाँका सर्बसाधारणको कुरा सुन्छन् । उनको चारवर्ष यस्तै गरी बितेको छ । अलिहेसम्म उनले गाउँमा चलाएको अभियानलाई मुर्तरुप दिन यही जेठ २५ गते नेपालगन्जको रामलिला मैदानमा मेगा शो गर्दै छन् । यसै बिषयमा जानकारी दिन सुरजले बुधवार पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकारलाई देश बद्ल्न नयाँ पुस्ताले सकारात्म सोंच राख्नुपर्नेदेखि अरुलाई गाली गरेर नभई आफै परिवर्तनका लागि लाग्नुपर्ने कुरा बताए । तर पनि जेठ २५ गते के हुन्छ भन्ने बिषयमा खुलाएनन् । उनी भन्छन्,–‘जे हुन्छ २५ गते नै हुन्छ ।’
मल्ल कुनै दलप्रति आस्थावान छैनन् र दलप्रति आक्रोस पनि व्यक्त गर्दैन । संविधान, नियम कानुनको परिधिभित्र रहेर देश परिवर्तन गर्ने कुरालाई जोड दिन्छन् । तर त्यो कसरी ? उनी फेरी भन्छन्,–‘त्यही कुरा जेठ २५ गते भन्छु ।’