काठमाडौ । रेनो गाडीको आधिकारक बितरक एडभान्स अटोमोबाईलले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर मार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।
यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निशुल्क सडक कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टी पाउने कम्पनीले जनाएको छ । यो अफर रेनो ब्राण्ड गाडीहरु क्वीड, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको छ ।