नेपालगन्ज, १३ जेठ : विपन्न परिवारका लागि कोहलपुरमा पनि निस्शुल्क मिटर वितरण सुरु भएको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत तोकिएको बजेट भित्र रही मापदण्ड पुगेका विपन्न परिवार तथा सास्कृतिक मह्त्वका स्थानका लागि नेविप्रा कोहलपुर वितरण केन्द्रले निस्शुल्क मिटर वितरण सुरु गरेको हो ।
नेविप्रा नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख, क्षेत्रीय निर्देशक मनोज सिंह आइतबारदेखि एक कार्यक्रमबीच वितरण शुभारम्भ गर्नुभएको सो कार्यक्रममा वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले समेत विपन्न परिवारलाई मिटर वितरण गर्नुभएको थियो । वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले चालू आवा.को बजेटको परिधिभित्र रही लक्षित वर्गसम्मका लागि सो कार्यक्रम जारी रहने बताउनुभएकोछ ।
सो अवसरमा स्वीकृत भएका ३९ विपन्न परिवारका लागि निशुल्क मिटर वितरण भएको हो । कार्यक्रमको संचालन वितरण केन्द्रका प्रशासन प्रमुख नवराज भट्टले गर्नुभएको थियो।