बाँके १४ जेठ : सोमबार साँझ खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीमा मान्छे माथि आक्रमण गरी घाइते पार्ने पाटेबाघको खोजी तिब्र पारिएको छ । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० वर्षिय दिपबहादुर श्रीषको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइतेको पहिचान खुल्न सकेको छैन । शरिरको बिभिन्न भागमा गहिरो चोट लागेका श्रीषको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
किरणनाला जंगल नजिकै घर भएका स्थानीयले राती बाघको आवाज सुनेपछि बिहानैबाट खोजी शुरु गरिएको हो । जिल्ला वन कार्यालय बाँकेको समन्वयमा सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाले बाघको खोजी गरिरहेका छन् । सर्बसाधारण आक्रमण गर्ने वन्यजन्तुलाई नियन्त्रणमा लिने बिशेष टोलीले परिचालन भएको छ ।
मंगलबार बिहान खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कपक्षपति लगायतका जनप्रतिनिधिले बाघले आक्रमण गरेको स्थल निरिक्षण गरे । वन्यजन्तुको आक्रमणबाट सर्बसधारणलाई जोगाउन हरप्रकारको प्रयास थाल्न सरोकारवाला निकायसंग उनले आग्रह गरेका छन् । कक्षपतिले केहीबेरमा नेपालगन्जस्थित शिक्षण अस्पतालका घाइतेसंग भेट्दै छन् ।
https://nepalgunjbusiness.com/2019/05/7071/