काठमाडौं। सरकारले पर्यटन क्षेत्रमा आर्थिक वर्ष २०७५/७६का लागि दुई अर्ब ६८ करोड रुपैयाँ छुट्टाएको छ। यसैगरी रारालाई देशकै मुख्य पर्यटकीय गन्तब्य बनाउनुका साथै महाभारत लेकमा शीतल पर्यटकीय गन्तब्य निर्माण गर्ने भएको छ।
पर्यटन प्रवर्द्धनकालागि सरकारले पहाडी क्षेत्रका पर्यटकीय गन्तब्यमा केवल कार संचालनमा ल्याउन जोड दिएको छ। नेपाल भ्रमण वर्ष २०२० लक्षित पहिचान भएका र पहिचना गरिने नयाँ गन्तब्यमा सडक, अन्तर्रष्ट्रिय सभा हल लगायतका पूर्वाधार विकास गरिने बजेटमा उल्लेख छ।
पर्वतीय, कृषि, धार्मिक पर्यटन, साहासिक पर्यटन लगायतलाई एकीकृत रुपमा विकास गरी पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म जोडिने हरित मार्ग निर्माण गरिने अर्थमन्त्रीले बताएका छन्। सरकारले आन्तरिक पर्यटनलाई मुख्य प्राथमिकता दिँदै प्रवर्द्धन गर्ने बताएको छ।