काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उद्यम गर्नका लागि जग्गा भाडामा लिने ब्यवस्था गर्ने बताएका छन्। उनले अतिक्रमित जग्गासमेत सरकारी स्वामित्वमा ल्याइसक्ने बताए।
सहकारीमा भएको निक्षेप र ऋणको सुरक्षण गर्दा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने भएको छ। साथै सहकारी कर्जा सुचना केन्द्र स्थापना पनि गरिने भएको छ। पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। बन्द तथा रुग्ण उद्योगलाई सहकारी र निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने भएको छ।
सिमेन्ट, डण्डी र रङ सकभर नेपाली उत्पादन नै प्रयोग गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्। उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको क्षमता बढाइने भएको छ। औद्योगिक पुर्वाधार विकासका लागि २ अर्ब ८७ करोड छुट्याइएको छ।