काठमाडौं – नयाँ बजेटले कन्स्ट्रक्सन र हेभी इक्विपमेन्टमा प्रयोग गरिने ठूला टायरको भन्सारमा ५ प्रतिशतको दरले वृद्धि गरेको छ ।
सो दर यस अघि १५ प्रतिशत भएकोमा अब ५ प्रतिशत बढाएर २० प्रतिशत पु¥याइएको छ । बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावा भरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु (भेइकल) र यन्त्रहरुमा प्रयोग गरिने रबरका टायरमा भन्सार दर ५ प्रतिशतले वृद्धि गरिएको उल्लेख गरिएको छ ।
अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य तथा टायर व्यवसायी बिक्रम सिंघानियाले यसबाट ती टायरको मूल्यमा ७ देखि १० प्रतिशत वृद्धि हुने बताए ।