नेपालगन्जमा नाबालकदेखि बृद्धसम्म दुव्र्यसनमा !


नेपालगन्ज, १७ जेठ : नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने १२ वर्षमुनिका नाबालकदेखि ५० वर्षमाथिका बृद्धसम्मले लागुऔषध सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागुऔषध दुव्र्यसन बिरुद्ध काम गर्ने संघसंस्थाहरुले बैशाख २० गतेदेखि जेठ १० गतेसम्म गरेको सर्बेक्षणको शुक्रबार तथ्यांक सार्वजनिक गरिएको छ ।

उक्त तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र मात्र ११ सय ९७ जना दुव्र्यसनी रहेको अनुमान छ । जसमा महिला ३४ र पुरुष ११ सय ३३ जना रहेको छन् । यि मध्ये उमेर समूहमा १२ वर्षमुनिका ६४ जना, १६ देखि ३९ वर्षसम्मको एक हजार ३० जना र ५० वर्षदेखि माथिको उमेरका १ सय ३० जना रहेको सर्वेक्षणमा सहभागि रविन्द्रसिंह राठौरले जानकारी दिए ।

यहाँका लागुऔषध दुव्र्यसनीहरुले ब्राउनसुगर, ट्यावलेट, इन्जेक्सबाट लागुऔषध सेवन गर्ने गरेको पाईएको छ । लागुऔषध दुव्र्यसन बिरुद्ध क्रियाशिल सहारा हाउसका प्रमुख अभिराज क्षेत्रीले तथ्यांक तलमाथि हुने सम्भावना रहेको भएपनि यसले लागुऔषधका बिरुद्धमा काम गर्न आधार तयार हुने बताए ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७६, शुक्रबार १४:२६  |