बाइक चढ्नु भन्दा खतरनाक छन् यी १३ काम, के होलान् ती ?


दैनिक जीवनमा बाइक चढ्नु आवश्यक छ । एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि यो अनिवार्य सवारी साधन हो । यद्यपि बाइक चढेकै कारण कतिपयले अकालमा ज्यान गुमाउनु परेको पनि छ । विश्व भर बर्षमा धेरै मानिसको मृत्यु सवारी साधनका कारण हुन्छ ।

अमेरिकाको नेसनल हाइवे सेफ्टी एड्मिनिष्ट्रेसनले एक अध्ययन गरेको छ, जस अनुसार बाइक चढेर भन्दा अन्य काम गर्दा पनि धेरै मानिसको मृत्यु भएको छ । रिपोर्ट अनुसार अमेरिकामा सन् २०१७ मा बाइक दुर्घटनाका कारण ५ हजार १७२ मानिसको मृत्यु भयो । यद्यपि अन्य कारणले यही वर्ष धेरै संख्यामा अमेरिकीहरुको मृत्यु भएको छ ।

१. तम्बाकु – तम्बाकु अर्थात सुर्ती तथा चुरोट सेवनबाट वर्षेनी ४ लाख ८० हजार मानिसको मृत्यु भएको छ ।

२. डेली ड्रिंक – अल्कोहल र अन्य विभिन्न पेय पदार्थका कारण अमेरिकामा ८८ हजार मानिसको मृत्यु भएको छ ।

३. फ्लु – सन् २०१७ मा फ्लुका कारण पनि ८० हजार अमेरिकीको मृत्यु भयो ।

४. ड्रग ओभरडोज – आवश्यकता भन्दा बढी मात्राको औषधि सेवनका कारण ७० हजार २ सय अमेरिकीको मृत्यु भएको छ ।

५. सेकेन्ड ह्यान्ड स्मोक – अरुले प्रयोग गरेको धुमपानका कारण अमेरिकामा मात्र वर्षेनी ४१ हजार अमेरिकीको मृत्यु भएको छ ।

६. बन्दुक – अमेरिकामा सुरक्षाका लागि बन्दुक राख्न पाइने नियम छ । सन् २०१७ मा यही बन्दुकका कारण ३९ हजार ७७३ को मृत्यु भएको छ । ती मध्ये दुई तिहाईले आफै आत्महत्या गरेका थिए ।

७. डिस्ट्रयाक्टेड ड्राइभिङ – गाडी चलाउदै गर्दा स्यान्डविच खाने, सेभिङ गर्ने, पावर प्वाइन्ट चलाउने, मुभी हेर्ने र अझै टेक्स्ट म्यासेज गर्ने लगायतका कार्य गर्दा धेरै अमेरिकीको मृत्यु हुन्छ । प्रत्येक दिन ९ अमेरिकीको मृत्यु यसैका कारण हुन्छ र ती मध्ये सबैभन्दा बढी टेक्स्ट म्यासेजका कारण हुन्छ ।

८. सेक्स
असुरक्षित यौन सम्पर्क अर्थात सेक्सका कारण औसतमा २३ हजार अमेरिकीको मृत्यु हुन्छ ।

९. भ¥याङबाट लड्ने
घर वा अन्य कुनै स्थानको भ¥याङबाट लडेर प्रत्येक वर्ष करिब १२ हजार अमेरिकीको मृत्यु हुन्छ ।

१०. बेडबाट लड्ने
आफू सुतेको ओछ्यान अर्थात बेडबाट लडेर १० हजार ३८६ अमेरिकीको मृत्यु भएको छ ।

११. घरायसी खतरा
घरमा हुने विभिन्न खतराजन्य कार्यका कारण वर्षेनी करिब ३३ हजार अमेरिकीको मृत्यु हुन्छ । खतराजन्य कार्य भन्नाले बिष सेवन, विद्युतीय चोटपटक आदि पर्छन् ।

१२. कार ड्राइभिङ
बाइकमा सहर यात्रा गर्दा मृत्यु हुने सम्भावना ८५८ मध्ये १ हुन्छ भने कारमा ड्राइभिङ गर्दा १०३ मध्ये १ सम्भावना हुन्छ ।

१३. वाकिङ – मर्निङ वाक वा अन्य अवस्थामा समेत दुर्घटना हुने सम्भावना धेरै हुन्छ । यसका कारण पनि धेरै अमेरिकीहरुको मृत्यु भएको पाइएको छ ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७६, आईतवार १६:१७  |