‘गोल्डेन ओक’ वार्षिक १० लाख कार्टून विक्री


काठमाडौं । जावलाखेल ग्रूप अफ इन्डस्ट्रिज प्रालिको व्यवस्थापनमा सञ्चालित हिमालयन डिस्टिलरी लिमिटेडद्वारा उत्पादित मदिराजन्य उत्पादन गोल्डेन ओक यस वर्ष १० लाख कार्टून विक्री भएको कम्पनीले बताएको छ । यसले उक्त ब्रान्डप्रति उपभोक्ताको आकर्षण बढेको कम्पनीको दाबी छ ।

ओकको उत्पादन उच्चस्तरीय कच्चा पदार्थको मिश्रणका साथमा अग्राखको ठेकीमा बनाइन्छ । जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले १० लाख कार्टुन विक्री भएकोमा ओकलाई रुचाउनेप्रति आभार प्रकट गरेका छन् । गोल्डेन ओक ब्रान्डको माग बजारबाट अत्यधिक आइरहेकाले मागलाई सर्वसुलभ तरीकाबाट परिपूर्ति गर्न अन्य सदस्य उद्योगबाट समेत उत्पादन तथा विक्री शुरू गर्ने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मितिः     १९ जेष्ठ २०७६, आईतवार १६:३१  |