नेपालगन्ज : सरकारले जेठ २२ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सरकारले मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मिति भने चन्द्रमाको अवलोकनको आधारमा हुने तय भएको थियो ।
सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो । सोहि आधारमा गृहमन्त्रालयले सार्बजनिक बिदा दिएको हो ।