मु अ कर तफॅ
—————————————-
१) अनिवायॅ दर्ता हुनु पर्ने व्यवसायहरू थपिएको
————————————————————–
सबै किसिमका मदिराको कारोबार, भन्सार एजेन्ट, खेलौना को व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय, तथा नगर उप महानगर वा महानगर वा बिभागले तोकेका क्षेत्र भित्र शैक्षिक तथा कानुनी परामर्श (वकिल) र लेखा तथा लेखापरीक्षण सेवा व्यवसाय ।गत वर्ष अनिवार्य रहेको ब्युटिपार्लर व्यवसायलाई यस वर्ष सूचीबाट हटाइएको छ ।
२) दश लाखभन्दा बढी कर रकम नगदमा भुक्तानी नहुने:
———————————————————————
दश लाखभन्दा बढीको कर भुक्तानी गर्दा अनिवायॅ चेक, ड्राफ्ट, वा विद्युतीय माध्यमबाट गनुपर्ने व्यवस्था गरिएको छ ।
३) भ्याट फिर्ता चार महिनामै हुने
——————————————
चार महिनासम्म मिलान वा समायोजन हुन नसकेको मु अ कर एकमुष्ठ फिर्ताका लागि निवेदन दिन पाईने ।
४) उपभोक्तालाई कर फिर्ता
—————————————————————
कुनै उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा विद्युतीय माध्यम बाटभुक्तानी गरेमा करको दश प्रतिशत रकम प्रोत्साहन स्वरूप निजको बैंक खातामा फिर्ता गरिने र सो रकममा कर कट्टी गर्नु नपर्ने _ ।
५) मूल्य अभिवृद्धि करमा जरिवाना बृद्धि
—————————————————
क) दफा २९(१) ख२ थप
दर्ता गर्दाको बेला कर कार्यालयलाई दिइएको बिबरणमा कुनै परिवर्तन भएमा १५ दिन भित्र जानकारी गराउनु पर्ने यदि नगराए पटक्कै पिच्छे जरिवाना १० हजार ।
ख) दफा २९(१)( ग ) मा थप
त्यस्तै वस्तु तथा सेवा बिक्रीमा बिजक नदिएमा १० हजार तथा बिजक नलिएमा १ हजार जरिवाना गर्ने व्यवस्था नयाँ गरिएको छ भने वस्तु वा सेवा बिक्री नगर्ने र बिजक मात्र जारी गर्नेलाई बिजक मुल्यको ५० % जरिवाना वा ६ महिना कैद वा दुवै हुन सक्ने ब्यवस्था गरिएको छ ।
६) मु अ कर लाग्ने वस्तु तथा सेवा थप
————————————————
गत साल सम्म अनुसूचि १ मा रहेका मु अ कर नलाग्ने गहुंको पिठो (आंटा),सोयाबडी मस्यौरा ,टेम्पो तथा ढुवानी सेवा चालु बषॅदेखि मु अ कर लाग्ने भएका छन् ।
आयकर तफॅ
————————
१) वित्तीय कारोबार गर्ने सहकारीलाई कर छुट
———————————————————
नगरपालिका क्षेत्रभित्र ५ % र महानगर तथा उप महानगर पालिका भित्र १० % कर लाग्ने व्यवस्था गरिएको छ । वित्तीय तथा कृषि कारोबार बाहेकका अन्य सहकारीलाई २० % कर लाग्ने व्यवस्था गरिएको छ ।
२) आयकरमा खर्च अमान्य हुने दफा २१(१) को घ१ र घ२
———————————————————————-
।) स्थाई नं नभएका कर्मचारी तथा कामदारलाई बितरण गरेको पारिश्रमिक तथा ज्याला खर्च कर प्रयोजनले कट्टी गर्न नपाइने ।
।।) स्थाइ लेखा नम्बर उल्लेख नभएको रू १००० भन्दा बढी मूल्यको बिजक बाट गरेको खर्च कर प्रयोजनको लागि मान्य नहुने ।
३) लाभ कर ।
—————————-
प्राकृतिक व्यक्तिको सेयर कारोबारको लाभमा विगतमा लाग्दै आएको ७.५ प्रतिशत करबाट घटाई ५ % कायम गरिएको छ ।
४) घरजग्गा कारोबारमा अग्रिम कर
——————————————–
प्राकृतिक व्यक्ति बाहेक अन्य कुनै ब्यक्तिको घरजग्गा कारोबार गर्दा निसगॅ मूल्यमा घरजग्गा रजिस्ट्रेसनका बखत १.५ % दरले अग्रिम कर असुल गर्नु पर्ने ।
५) सामाजिक सुरक्षा कोषलाई मान्यता
———————————————–
सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोषलाई आयकरमा यस वर्षदेखि मान्यता दिइएको छ । कोषमा गरिएको अवकाश योगदान रकम कर प्रयोजनका लागि आय गणना गर्दा घटाउन पाउने व्यवस्था गरिएको छ ।
६) बुझाएको आय विवरण संशोधन हुने
————————————————-
कुनै ब्यक्तिले म्याद भित्र पेश गरेको आय बिबरण अन्यथा भई संशोधन गर्नु परेमा बिबरण पेश गरेको मितीले ३० दिन भित्र प्रक्रिया अनुसार संशोधन गर्न सकिने ।
७) अनुमानित आय बिबरण पेश नगरे जरिवाना
———————————————————-
अनुमानित आय विवरण नबुझाएमा लाग्ने जरिवाना २०००/- बाट वृद्धि गरी ५०००/- रुपैयाँ गरिएको छ ।
८) करको स्लाब वृद्धि
—————————
दम्पतीलाई ४ लाख ५० हजार र एकल व्यक्तिलाई ४ लाख मा १% कर कायम गरिएको छ भने त्यस बाहेकको आम्दानीमा गत सालका करका दरहरू नै कायम गरिएको छ ।
९) साना करदाता डे १ पेश गर्नेलाई कर बृद्धी
——————————————————–
वार्षिक २० लाखसम्म कारोबार तथा २ लाखसम्म नाफा हुने साना करदाताको कर
।) महानगरपालिका, उपमहानगरपालिकामा क्षेत्रमा ५०००/- रुपैयाँको करलाई वृद्धि गरी ७५००/- कायम गरिएको छ ।
।।) नगरपालिकामा क्षेत्रमा २५००/- बाट वृद्धि ४०००/- कायम गरिएको छ ।
।।) गाँउपालिकामा क्षेत्रमा १५००/- बाट वृद्धि गरी २५००/- कायम गरिएको छ ।