सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ इन्टरनेट बैंकिङ्ग : केके सुविधा थपिए ?


नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । बैंकले पुरानो इन्टरनेट बैंकिङ्गमा अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु थप गरी नयाँ इन्टरनेट बैंकिङ्गको सुरुवात गरेको हो ।

बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई यो सुविधाको थालनी गरेको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । यस अघि बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएको थियो

प्रकाशित मितिः     २५ जेष्ठ २०७६, शनिबार १४:५२  |