बाँकेको एक सामुदायिक वनका अध्यक्षलाई ५ लाख बिगो दावी सहित मुद्दा दायर


बाँके २७ जेठ : बाँके राप्तिसोनारी गाँउपालिका वडा नं. १ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र तयार गरेको छ । रु ५ लाखको बिगो दावी सहित अध्यक्ष कामी बिरुद्ध अख्तियारले बिशेष अदालत काठमाण्डौंमा सोमबार आरोप पत्र दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले प्रेसित बिज्ञप्तीमा उल्लेख छ । लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कामी र कोषाध्यक्ष दिपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा छानविन शुरु गरेको थियो ।


सोहीे सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले कामी र दिपक खुनालाई सेवाग्राहीबाट पाँच लाख घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अखितयारको जनाएको छ । अनुसन्धान हुँदा अध्यक्ष टिकाराम कामीले उक्त सामुदायिक वन उपभोक्ता समूहबाट साल, सिसौलगायत जातका काठ र दाउरा लिलाम बिक्रीको लागि आह्वान भएको टेन्डर फर्म दर्ता गरिदिने र टेन्डर पारी काठसमेत मिलाईदिने प्रयोजनको लागि घुस लिएको पुष्टि भएको दावी सहित आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७६, सोमबार १७:१४  |