सावधानी अपनाउनु होस् ! कोहलपुरमा बिषालु सर्पले खरायो निल्यो


बाँके (कोहलपुर) २८ जेठ : गर्मीको मौसम छ । यस्तो मौसममा बिषालु सर्प दुलोबाट निस्किने भएकाले सावधानी अपाउनुहोला । मंगलबार बिहान कोहलपुर–१२ को एउटा घरमा बिशालु सर्पले खोरभित्र पसेर खरायो खाएको छ ।

खरायो हेर्न खोरभित्र हात हालेकी बालिका सर्पदशबाट जोगिएकी छन् । स्थानीय नारायणी ओलीको घरमा रहेको खरायोको खोरमा सर्प पसेको हो । ओलीका अनुसार उक्त सर्प अत्यन्त बिषालु गोमन हुन सक्ने अनुमान छ ।

‘बिहान उठेपछि छोरी खरायोको खोरमा गएकी थिईन । दुईवटा खरायो डराएर ढोकामा टास्सिएका थिए ।’ ओलीले भनिन्–‘अर्को भेटिएन । भित्र नियालेर हेरेपछि त पेट फुल्लिएको अवस्थामा सर्प देखियो । धन्न् छोरीलाई केही गरेन ।’ खरायो खाएर अशक्त जस्तै भएका कारण सर्पले केही गर्न नसकेको हो । घर्सिन नसके पनि टाउको भने चलाएको थियो । अरुले डस्ने घरले स्थानीयबासिन्दाले उक्त सर्प मारेका छन् ।

प्रकाशित मितिः     २८ जेष्ठ २०७६, मंगलवार २१:०९  |