जग्गाको किर्ते प्रकरणमा बाँके, बर्दियाका २८ जना बिरुद्ध मुद्दा दर्ता, अधिकांस कर्मचारी


नेपालगन्ज : बाँके, बर्दियामा जग्गा सम्बन्धी सरकारी कागजात सच्याई किर्ते गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २८ जना बिरुद्ध मुद्धा दर्ता गरेको छ । बाँके खासकारकाँदो वडा नंम्बर ७ सिट नंम्बर ७ कित्न नम्बर २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नम्बर ३ को कित्ता नंम्बर १४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नम्बर ७ क को कित्ता नम्बंर १९१ र वडा नंम्बर ९ ख को कित्ना नम्बर ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई ९किर्ते० गरेको अख्तियार कार्यालयले आरोप लगाएको छ । यसमा समलग्न कौशल भन्ने खैरुल हसन अन्सारी सहित मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरु मुछिएका छन ।

 

प्रकाशित मितिः     ३० जेष्ठ २०७६, बिहीबार १८:५७  |