नेपालगन्ज : सेभ द चिल्ड्रेन र भिडिसेफको साझेदारीमा सँचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको समन्वयमा तिलागुफा नगरपालिका, नगहरीनाथ गांउपालिकाको आर्थिक सहयोग तथा इलाइत प्रविधिक सँस्थाको प्रविधिक सहयोगमा भिडिसेफ नेपालको ३ सय ९० घण्टे डकर्मी तालिम शुक्रबार सम्पन्न भएको छ।
समापन कार्यक्रमको अध्यक्षता भिडिसेफ नेपालका अध्यक्ष मिन बहादुर बोगटी, प्रमुख अतिथी तिलागुफा नगरपालिकाका नगरप्रमुख रतन बहादुर शाही , अतिथीको रुपमा कालीकोट जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायतको सहभागितामा भएको कार्यक्रमको सन्चालन भिडिसेफ नेपालकाका कार्यक्रम प्रवन्धक राजेन्द्र बहादुर सहकारीले गरेका थिए ।
कार्यक्रममा युवाहरुको सीप र क्षमताको विकास तथा अवसरहरुकोले मात्र समग्र नगरपालिकाको विकास तथा समृद्धि हुने भएकोले युवाहरुले पाएकोको सीप तथा दक्षताकोले ग्रामीण परिवेशमा आयतित सीपहरुलाई उन्मुलन गरी अन्तरिक आम्दानी तथा स्थानीय क्षेत्रको विकास सम्भव हुने कुरामा जोड दिईएको थियो । तालिम तथा युवा विकास योजना ल्याउनमा कुनै कसर नछोड्ने भनाई तिलागुफा नगरप्रमुख शाहीले बताउनुभयो ।
सोही क्रममा कार्यक्रम समापनको सन्र्दभमा यस भिडिसेफ नेपालका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षताको रुपमा आसन ग्रहण गरेका मिन बहादुर बोगटीले वर्तमान परिवेशमा बढ्दो युवा विदेशीने प्रकृयाले समग्र समुदाय तथा राष्ट्रलाई घाटा भएको बताए । ‘तलव मानिसको वौद्धिक परिश्रमको उपहार हो, साथै दक्ष नागरिकले प्राप्त गरेको परिश्रमिक उसको शारीरिक तथा बौद्धिक मेहनतको उपज हुने भएकोेले सम्मनित जीवन जिउनाको लागि भिडिसेफले केही बाटो देखाउने मदत गरेको छ’– उनले भने ।
यसलाई राज्यको नयाँ सँरचाना अनुसारका भैरहेको विकास निर्माणका कार्यक्रममा यहाँहरुको बहुमुल्य योगदान हुने विश्वस्तता रहको वाताउनु भयो अन्तमा तालिममा सहभागी हुन भएको १५ जना युवाहरुलाई तालिम प्रमाण पत्रको साथै व्यावसाियक समाग्रीहरुको हस्तन्तरण यसै तिलागुफा नगरपालिकाका नगरप्रमुख तथा प्रमुख अतिथी, कार्यक्रमका अध्यक्ष र घरेलु तथा साना उद्योग कार्यालयबाट आएका प्रतिनिधिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।