दाङमा सिमेन्ट उद्योगको ढलाई भत्किदा तीन मजदुरको मृत्य


३२-जेठ /  दाङको लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्नेक्रममा ढलाई भत्किदा तीन मजदुरको मृत्यु भएको छ ।

Construction site

उद्योगको छैठौं तलामा नयाँ प्लान्ट निर्माणको क्रममा बिहान २ बजे ढलाइ भत्किदा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृतयु भको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

उक्त घटनामा अन्य तीनजना घाईते भएका छन् । घाईते हुनेमा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ रहेका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ ।

प्रकाशित मितिः     ३२ जेष्ठ २०७६, शनिबार ०८:१८  |