नेपालगन्ज : बाँकेको जमुनाह नाकाबाट २० लाख नेपाली रुपौयाँ सहित दुई भारतीय नागरिक प्रहरील् पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा उक्त रकम फेला पारेका हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका ब्यक्तिलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुका साथबाट बरामद भएको रकम कहाँबाट र के परियोजनकालागि ल्याईएको हो भन्ने नखुलेको सापकोटाले बताए ।