मन्त्री ईस्तियाक राईद्धारा लजिजोमा नेपालगन्ज फेस्टिबल उद्घाटन


धम्बोझी,३२ जेठ : शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले काठमाण्डौंमा रहेको लजिजोमा नेपालगन्ज फेस्टिवल उद्घाटन गरेका छन् । लजिजो नेपालगन्जमा पाइने परिकारहरुको स्वाद पस्किने रेष्टुरेण्ट हो । सामाजिक क्षेत्रमा क्रियाशिल नेपालगन्जका युवा इर्शाद अहमद अन्सारीले झण्डै एक वर्षअघि लजिजो खोलेका हुन । जहाँ नेपालगन्जको बिरयानी,दही बडा, कोरमा, कोप्ता जस्ता खानाको स्वाद लिन सकिन्छ ।


आईतबारसम्म चल्ने फेस्टिबलको शनिबार नेपालगन्जका सांसद समेत रहेका मन्त्री राईले अवलोकन गरेका थिए । उनले नेपालगन्जमा पाइने परिकारका बारेमा राजधानीमा जानकारी गराउन लजिजोले महत्वपूर्ण भूमिका खेलेको बताए ।

 

https://nepalgunjbusiness.com/2019/06/7685/

प्रकाशित मितिः     ३२ जेष्ठ २०७६, शनिबार २०:३९  |