सुर्खेत । कर्णाली प्रदेश सरकारले छोरी जन्मेलगतै बैंक खाता खोलिदिने योजना ल्याएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ नारा दिँदै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।
आइतवार सार्वजनिक गरिएको कर्णाली प्रदेशको बजेटमा छोरी जन्मेलगनै एक हजार रुपैयाँमा खाता खोलिदिने र प्रत्येक महिना ५ सय रुपैया जम्मा गरिदिने योजना ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
जीवनभर छोरीको सुरक्षा गर्न कर्णाली प्रदेशमा यस्तो कार्यक्रम ल्याइएको छ । कर्णालीमा छोरीभन्दा छोरालाई बढी प्राथमिकता दिने गरिन्छ । छोरीलार्य सबल बनाउन प्रदेश सरकारले यस्तो योजना ल्याएको हो ।
छोरी–बुहारी छात्रबृद्धि कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आगमी बर्ष २०७६/०७७ को कार्यक्रममा छोरी र बुहारीलाई अध्यापनका लागि छात्रबृद्धि दिने घोषणा गरिएको छ ।