बजेट आएको भोलीपल्ट प्रदेश ५ योजना आयोगका उपाध्यक्षले दिए राजीनामा


कृष्ण मल्ल

बुटवल : बजेट ल्याएको भोलिपल्ट प्रदेश ५ का योजना आयोग उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले आयोग अध्यक्षसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन्।

जेठ १४ गते नै श्रेष्ठले राजीनामा दिएको भएको भएपनि प्रदेश सरकारको बजेट सार्बजनिक गर्नुअघि राजीनामाको बिषय गोप्य राखिएको थियो । डा. श्रेष्ठलाई २०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो।

श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थिति पत्र) र आवधिक योजना बनाउने कामको नेतृत्व गरेका थिए। मुख्यमन्त्री पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ राष्ट बैकमा बढुवा भएपछि राजीनामा दिएका हुन्।

डा. श्रेष्ठ बढुवा भएर राष्ट्र बैकको कार्यकारी निर्देशक बनेका छन् । उनले राष्ट्र बैकमा लघु वित्त विभागको जिम्मेवारी प्राप्त गरेको बताइएको छ। गत सोमवार बढुवा भएका श्रेष्ठ राष्ट्र बैकमा हाजिरसमेत भईसकेका छन् ।  समाचार र तस्वीर : नेपालन्यूजडटकमबाट साभार

प्रकाशित मितिः     २ असार २०७६, सोमबार ०९:४२  |