‘एक घर एक टीभीएस’ अभियान शुरू : टीभीएसद्वारा मेकानिक बीमा तथा तालीम सञ्चालन


‘एक घर एक टीभीएस’ अभियान शुरू : टीभीएसद्वारा मेकानिक बीमा तथा तालीम सञ्चालन

काठमाडौं । नेपालका लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर टीभीएस बाइक तथा स्कूटर पुर्‍याउन ‘एक घर एक टीभीएस’ अभियान शुरू गरेको छ । प्रालिले यस अभियान अन्तर्गत काठमाडौंमा नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा मेकानिक बीमा तथा तालीम कार्यक्रम गरेको छ ।

प्रालिले १० हजारभन्दा बढी मेकानिक्सलाई तालीम प्रदान गरिसकेको दाबी गरेको छ । साथै, यसले ‘साथ छ हाम्रो’ र ‘एक घर एक टीभीएस’ जस्ता नारा लिएर मोटरसाइकल, स्कूटर र तीनपांग्रे सवारीसाधनको पहुँच सबैबीच पु¥याउने लक्ष्य राखेको बताएको छ ।

कार्यक्रममा जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवाल, नाटुका अध्यक्ष जीवन अधिकारी तथा नाटुका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति थियो । नाटु र जगदम्बा मोटर्स परिवारका तर्फबाट आयोजित कार्यक्रममा टीभीएसका तर्फबाट नाटु जीवन बीमा कोषको लागि रू. ५१ हजार आर्थिक सहायता प्रदान गरिने घोषणा गरिएको छ भने नाटुमार्फत विक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रू. २ सय कोषको लागि छुट्याइने जानकारी पनि दिइएको छ ।

भाइस प्रेसिडेन्ट अग्रवालले टीभीएसले अहिले नाटुसँग सहकार्य गर्न चाहेको बताए । उनले अहिले नयाँ टेक्नोलोजीको विकास भएको हुँदा मेकानिक्सलाई तालीम दिनु आवश्यक रहेको उल्लेख गरे । मेकानिक्सलाई टीभीएसको फ्याक्ट्रीमा तालीमको अवसर दिने बारेमा अग्रवालले भने, ‘टीभीएस एउटा बहुराष्ट्रिय कम्पनी हो, यसको इतिहास लामो छ । हामीले ग्राहकलाई गुणस्तरीय सेवा दिने कुरामा कुनै पनि सम्झौता गरेका छैनौं । हामीले एक घर एक रोजगारको पनि अवधारणा निर्माण गरिरहेका छौं । हामीले सँधै अटोमोबाइलको क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिलाई नै आधिकारिक डिलर दिने गरेका छौं ।’ उनले प्रालिले टीभीएसका सयभन्दा बढी डिलर नेटवर्क र २ सयभन्दा बढी सर्भिस नेटवकमार्फत् जेन्यूइन पार्टस र ल्यूब लागयतका सेवा दिइरहेको बताए ।

कार्यक्रममा यस अभियानका ब्रान्ड एम्बेस्डरका रूपमा माधव पाण्डेलाई चुनिएको थियो । पाण्डेले टीभीएसको ‘टिभिएस साथ छ हाम्रो’ अभियान अन्तर्गत ‘एक घर एक टीभीएस’ अभियान सञ्चालन गरिने बताए । उनले ६७ स्थानमा बीमा कार्यक्रम गरिने र ३ हजार मेकानिकलाई तालीम दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मितिः     २ असार २०७६, सोमबार १४:०३  |