ऐनमा व्यवस्था
आर्थिक अध्यादेश, २०७६ को दफा १(२) मा “यो ऐनको दफम १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, २०, २४, २५ र २७ तुरुन्त प्रारम्भ हुनेछन् र अन्य दफाहरु सम्बत २९७६ साल साउन १ गते देखि प्रारम्भ हुनेछन्” भन्ने रहेको छ । आर्थिक अध्यादेश, २०७६ को दफा २४ मा मूल्य अभिवृद्धि कर (भ्याट) ऐनमा भएका संशोधनहरु रहेका छन् । तसर्थ तल उल्लेखित संशोधनहरुमा २०७६ जेष्ठ १५ गतेबाट नै लागू भएकाले अविलम्ब भ्याटमा दर्ता गर्नु पर्नेछ ।
दर्ता सम्बन्धि व्यवस्था
मू.अ.कर ऐनको दफा १०(२) बमोजिम, कुनै व्यक्तिले कारोबार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर लागेको वा कारोबार सञ्चालन गरेको मितिले ३० दिनभित्र त्यस्तो कारोबार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्नेछ । अन्तिम दर्ता मिति २०७६.०३.१५ सम्म रहनेछ ।
दफा १०(क) मा संशोधन
ईटा उत्पादन गरी कारोवार गरेमा, मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय (मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयरको सट्टामा राखिएकोे), ट्रेकिङ, ¥याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, वालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गर्ने व्यक्ति अनिवार्य दर्ता हुनु पर्दछ ।
व्याख्या
- मदिरा, वाइन, विद्युतीय सफ्टवेयर (मदिरा डिष्ट्रिव्युटर, वाइन सप, सफ्टवेयरको सट्टामा राखिएकोे)
- हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी (गाँउपालिकामा भएपनि)
- मोटर पार्टस, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय (थपिएको)
दफा १०(ख) संशोधन
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र, हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक तथा कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धि सेवा (शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्यूटीपार्लरको सट्टामा राखिएकोे), क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने ।
व्याख्या
- कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धि सेवा (थपिएको, गाँउपालिका भएकाले साथै थ्रेसहोल्ड ननाघेकाले चाहि दर्ता गर्न आवश्यक छैन)
- डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, (दफा १०(ख) बाट दफा १०(क) मा सारिएको अब गाँउपालिकामा पनि दर्ता अनिवार्य हुने)
- ब्यूटीपार्लरको (हटाइएको, तर थ्रेसहोल्ड नाघेकाले दर्ता गर्न आवश्यक)
अनुसूचि १ संशोधन
आँटा, सोयाबडि मस्यौरा, टेम्पो र ढुवानी सेवा अनुसूचि १ बाट हटेको हुदाँ मू.अ.कर लाग्ने भएको छ । थ्रेसहोल्ड नाघेको अवस्थामा भ्याटमा दर्ता गर्नु पर्दछ ।