काठमाडौं। सरकारले गुठी विधेयक फिर्ता लिएको छ। गुठी समर्थकले बुधबार बृहत्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकारले विधेयक फिर्ता दिएको हो।
भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ताको घोषणा गरेकी छिन्। ‘जनतालाई उत्तेजित र भ्रमित पार्न खोजिएको छ। सरोकारवालासँग छलफल गरेर अगाडि बढाइने छ’ उनले भनिन्।
सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको काठमाडौंवासीले कडा प्रतिकार गर्ने तयारी गरिरहेको अवस्थामा सरकार पछि हटेको हो।
प्रधानमन्त्रीदेखि संचार मन्त्री र भूमिसुधार मन्त्रीसमेतले विधेयक ल्याएरै छाड्ने धारणा यसअघि सार्वजनिक गरेका थिए।